सुधन गुरुङ गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ २६ गते।

धराने मिडिया : प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा सुधन गुरुङ पुनः गृहमन्त्री तथा महावीर पुन लाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरिएको छ। दुवै मन्त्रीले मंगलबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

सुधन गुरुङ यसअघि सम्पत्ति सम्बन्धी विवादपछि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। छानबिन समितिले कुनै कैफियत नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।

यस्तै, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सुम्पिएको छ। विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकता दिने सरकारी नीतिअनुसार उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ।

यो नियुक्तिसँगै मन्त्रिपरिषद्मा महत्वपूर्ण फेरबदल भएको छ र विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Sudan Gurung Dhan Karki (2)