कुकुरलाई लाठ्ठीले क्रुरतापुर्वक हत्या गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरी नियन्त्रणमा
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर
धराने मिडिया : कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक हत्या गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक हत्या गरी खाल्डोमा पुरेको भिडियो "भुत प्रेत" नामबाट विभिन्न सामाजिक संजालहरुमा अपलोड गरे पश्चात उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मिति २०८१।०२। ३२ गते जिल्ला इलाम देउमाई न.पा.४ सरदार गाँउमा घटना घटेको खुल्न आई प्रहरी चौकी जितपुरबाट प्रहरी टोली खटिई उक्त घटनामा संलग्न रहेको अभियोगमा ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो।
यस घट्ना बारे थप अनुसन्धान भईरहेको छ।




















