सस्तो मूल्यमा बलियो जुत्ता पाइने मेला जेठ ६ सम्म चल्ने  

समाचारदाता : गोपाल पौडेल

इटहरी, २०८२ जेठ ०२ गते ।

धराने मिडिया : इटहरीमा जारी जुत्ता चप्पल मेला जेठ ६ गतेसम्म सञ्चालनमा हुने भएको छ ।

इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा चैत २० गतेदेखि मेला सञ्चालनमा आएको हो ।

नेपाली ब्राण्डका जुत्ता चप्पलहरू ५० प्रतिशत सम्मको छुटमा विक्री भइरहेका छन् । फ्याक्ट्रीबाट सिधै मेलामा ल्याएर विक्री गरिने जुत्ताहरू वारेन्टीका साथ विक्री भइरहेको आयोजना नेपाली जुत्ता घर प्रालिले जनाएको छ ।

itahari

नेपाली जुत्तालाई नेपालीको खुट्टामा पुर्‍याउने उद्देश्यले सञ्चालित मेला निक्कै लोकप्रिय भएको छ । 

बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रन सुज लगायत ब्राण्डका जुत्तामा उत्पादकले विशेष छुटको व्यवस्था गरेका छन् ।

सस्तो मूल्यमा बलियो जुक्ता पाइने भएपछि ग्राहको भिड लाग्ने गरेको हो ।

नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने आयोजकको दाबी छ। कम्पनीका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल किन्न पाइन्छ ।

नेपाली ब्रान्डलाई स्थापित गराउने र बजारमा नेपालको उत्पादनको प्रचार गर्ने मुख्य उद्देश्यले यस्ता मेलाहरू आयोजना गरिएको हो ।

itahari