इलाममा ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला समापन

समाचारदाता : गोपाल पौडेल

२०८२, जेठ १० गते ।

धराने मिडिया :चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' जारी गर्दै शुक्रबार समापन भएको छ।

संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' सिने (चलचित्र) पर्यटनलाई जोड दिँदै महोत्सव समापन भएको हो।

उक्त घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । साथै, नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य–समन्वय गरी प्रोत्साहन र प्रवर्धनका गर्न पनि आग्रह गरिएको छ।

WhatsApp Image 2025-05-24 at 11.15.21 AM (8)

अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोककल्याणकारी विज्ञापनमा समेट्न माग गर्दै संघले आफ्ना सदस्यलाई पेसागत सुरक्षा भत्ता मासिक रूपमा उपलब्ध गराएको र आफ्नै पहलमा कल्याणकारी कोष खडा गर्ने योजना रहेको पनि घोषणापत्रमा उल्लेख छ। साथै, कल्याणकारी कोष शीर्षकमा नेपाल पत्रकार महासंघलाई बुझाउँदैआएको शुल्क अब आफ्नै कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय पनि भेलाले गरेको छ।

WhatsApp Image 2025-05-24 at 11.15.21 AM (7)

विधागत पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्धनका लागि विशेष योजना बनाउन संघले माग गरेको छ भने श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन पनि माग गरिएको छ।

‘इलामका स्थानीय तहमा चलचित्र र पर्यटन विकास, विस्तारका लागि कार्ययोजना बनाएर अघि बढ्न माग गर्दछ,’ घोषणापत्रमा उल्लेख छ, ‘सूर्याेदय नगरपालिका भारतीय सीमासँग जोडिएको स्मरण गराउँदै केही भू–भागमा दुई मुलुकबीच आवतजावत असहज भएकाले सहज हुने वातावरण निर्माणका लागि जोडदार माग गर्दछ।’

WhatsApp Image 2025-05-24 at 11.15.21 AM (6)

सूर्याेदय नगरको पर्यटन विकास र विस्तारमा सघाउन तथा सिनेमा पर्यटनलाई जोड्दै विभिन्न कार्यक्रम तय गर्न पनि संघको माग छ। 

भेलामा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, कलाकारहरू शिव श्रेष्ठ, बसुन्धरा भुसाल, गौरी मल्ललगायत पनि सहभागी भए।

चलचित्र पत्रकार संघ कोशीको संयोजन, संघको शाखाहरु इलाम, झापा, सुनसरी, मोरङको व्यवस्थापनमा जेठ ६ गते भेला भई  ७ गते औपचारिक रुपमा उदघाटन भई ९ गतेसम्म विविध कार्यक्रमकम साथ महोत्सव संचालन भएको हो।

WhatsApp Image 2025-05-24 at 11.15.21 AM (5)

जसमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, संघको २६औं वार्षिकोत्सव, दोस्रो राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशालाका विविध सत्रहरू संचालन गरिएको चलचित्र पत्रकार संघ कोशी प्रदेशकी अध्यक्ष सन्जु राईले जानकारी दिएकी छन्।

इलामको श्रीअन्तु स्थीत केबी एस हिल रिसोर्टमा जेष्ठ ७ गते संघको केन्द्रीय अध्यक्ष समीर बलामको सभापतित्व तथा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा महोत्सवको उदघाटन भई इलाम श्रीअन्तुको विभिन्न स्थानमा कार्यक्रमहरु संचालन गरिएको संघको कोशी प्रदेश अध्यक्ष राईले बताईन्।

WhatsApp Image 2025-05-24 at 11.15.21 AM (4)

उनको अनुसार पहिलो दिन ‘नेपाली चलचित्र र पत्रकारिताको सम्बन्ध र अवस्था’ विषयमा अन्तरक्रिया गरिएको थियो, जसमा दिनेश डिसी, गौरी मल्ल, वसुन्धरा भुसाल, मोहन निरौला, जनकदीप पराजुली, शान्तिप्रिय लगायतले विचार राखेका थिए। कार्यक्रमको सञ्चालन विष्णु सुवेदीले गरेका थिए।

यसैगरी ‘मिडिया मन्थन’ विषयमा शिव लम्साल, कमल गिरी, विदुर गिरी, ध्रुव लम्साल र समीर बलामीबीच गहिरो छलफल भयो। सोही दिन इलाम श्रीअन्तुको पर्यटन सम्भावना र प्रवर्द्धनबारे पनि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो।

WhatsApp Image 2025-05-24 at 11.15.21 AM (3)

उदघाटन समारोहमा पाँच जना चलचित्र पत्रकारलाई सम्मान र दुई जना पत्रकारलाई पुरस्कृत गरि संघको 

संघको २६औं बार्षिक उत्सव तथा २३औं चलचित्र पत्रकारिता दिवस कार्यक्रम पनि मनाईएको छ। 

जसमा नगद ५५ हजार सहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८२ बाट धु्रब लम्साललाई सम्मानित गरिएको छ। 

WhatsApp Image 2025-05-24 at 11.15.21 AM (1)

यसैगरी नगद ५१ सहित राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२ बाट विष्णु सुबेदी, नरेन्द्र बस्नेत, जीवनकुमार पराजुली, वर्ष बस्नेतलाई सम्मान गरिएको छ।

यसैगरी नगद २५ हजार सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८२ बाट तुलसी प्रसाद निरौला र राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८२ बाट रश्मी थापालाई पुरस्कृत गरिएको छ।

दोस्रो दिन ‘सिनेमा पर्यटन संवाद’ अन्तर्गत निर्देशक तथा कोरियोग्राफर रेनाशा राई,अभिनेता शिव श्रेष्ठ, निर्देशक मिलन चाम्स, पर्यटन कार्यलय काकडभिट्टाका प्रमुख छबि खतिवडा र पत्रकार शान्तिप्रियबीच विचार-विमर्श भयो। 

WhatsApp Image 2025-05-24 at 11.15.21 AM

त्यस्तै स्थानीय पर्यटन स्थल र सिनेमाबीचको सम्बन्धबारे अन्तर्क्रिया कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष डिसी, सूर्योदय नगरपालिकाका उप-मेयर दुर्गा कुमार बराल, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार राई, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री द्वय गौरी मल्ल, वसुन्धरा भुसाल लगायतको सहभागिता रहेको थियो।

केन्द्र, प्रदेश, शाखा, वरिष्ठ चलचित्रकर्मी, पत्रकार, तथा विभिन्न अतिथिसहित २५० भन्दा बढीको सहभागितामा संचालित महोत्सवको अन्तिम दिन तेस्रो दिन दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' जारी गर्दै समापन भएको हो।