५९९ औॅ स्काउट आधारभूत तालिम उद्द्घाटन

समाचारदाता : गोपाल पौडेल

२०८२, जेठ १३ गते ।

धराने मिडिया :  जेठ १२ गते गते प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना एवं सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा ५९९ औॅ स्काउट आधारभूत तालिम हलेसी तुवाचुङ नगरपालिका प्रमुख श्री विमला राईज्यूको प्रमुख आतिथ्यतामा उद्द्घाटन भएको छ।

हलेसी तुवाचुङ नगरपालिका-१०, अर्खौले , खोटाङ  स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा  संचालन हुने तालिममा विभिन्न सामुदायिक माध्यमिक विधालयका २७ जना  शिक्षकहरुको सहभागिता रहेको छ।

तालिमको कोर्ष लिडर सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ रहनुभएको छ।

WhatsApp Image 2025-05-27 at 10.46.12 AM (2)

प्रदेश शैक्षिक पद्धति आयुक्त(महिला) सिवानी देवानको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय स्काउट तदर्थ समिति संयोजक नवीन चाम्लिङ राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संचालन स्काउट लिडर स्नेहा राईले गर्नुभएको थियो  ।

कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष अर्जुनकुमार पुरी, प्रदेश परिषद् सदस्य याविन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्काउट तदर्थ समिति संयोजक दिनेश शाक्य, स्काउट लिडरहरु दुर्गाबहादुर लुटेल, श्री बिपुल लोहार, विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, स्काउटहरुको उपस्थिति रहेको थियो।

WhatsApp Image 2025-05-27 at 10.46.12 AM