चलचित्र ‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश, देशभर १० करोड ५ लाख रुपैयाँको व्यापार
समाचारदाता : गोपाल पौडेल


२०८२ जेठ १७ गते ।
धराने मिडिया : नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले चौथो हप्तामा प्रवेश गरि अहिलेसम्म देशभर १० करोड ५ लाख रुपैयाँको व्यापार गरेको छ ।
चलचित्र शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको थियो। निर्माता कम्पनी आर्टमाण्डुले फिल्मको अहिलेसम्मको कमाइ सार्वजनिक गर्दै तीन सातामा नेपालमा १० करोड ५ लाख रूपैयाँ ग्रस कमाइ गरेको जनाएको हो।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, माओत्से गुरुङ, भावना खपाङ्गी मगर र सुनिल पोखरेल लगायतको अभिनय छ ।

यो अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो । फिल्मलाई पाँचथर र इलामका सुन्दर भूगोलहरूमा खिचिएको छ ।
'ऊनको स्वीटर' वर्ष २०८२ को पहिलो सुपरहिट फिल्म समेत बनेको छ।