कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल


सोलुखुम्बु, २०८२ जेठ १८ गते ।
धराने मिडिया : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ का ४० बर्षीय प्रेम कुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोहि स्थानका २६ बर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ १४ गते सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठ्ठीले शरिरको बिभिन्न भागमा कुटपिट गर्दा घाईते भएका उनको महाकुलुङ आधारभुत अस्पताल बुङमामा उपचारको क्रममा जेठ १६ गते मृत्यु भएको थियो ।
घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर