कोशि प्रदेश स्तरिय ओपन बास्केटवल प्रतियोगिता २०८२, विजेतालाई दुई लाख पुरस्कार
समाचारदाता : बिकास चाम्लिङ राई


२०८२ जेठ २७ गते ।
धराने मिडिया : धरान बास्केटवल संघको आयोजना, कोशि प्रदेश सरकार खेलकुद विकास वोर्डको संयोजन तथा धरान उपमहानगरपालिकाको विशेष सहयोगमा कोशि प्रदेश स्तरिय ओपन बास्केटवल प्रतियोगिता हुने भएको छ ।
कोशि प्रदेश भरिका जिल्लाका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाइने प्रतियोगिता असार ५ गते देखि ८ गते सम्म हुने आयोजक धरान बास्केटवल संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए ।
सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा सम्पन्न हुने प्रतियोगताका विजेताले नगद दुई लाख, ट्रफि, म्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेताले नगद एक लाख रपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरि प्रतियोगिताका एमभिपि (मोस्ट भ्यालुएवल प्लेयर) उपाधि विजेताले नगद रु. १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए ।
प्रतियोगितामा कोशि प्रदेशभरिका जिल्लाको प्रतिनिधित्व गर्दै टिमले सहभागिता जनाउने सुनसरी जिल्ला बास्केटवल संघका उपाध्यक्ष विवेक राईले वताए । वाहिरि जिल्ला वाट सहभागि टिमलाई यातायात, खान र वस्नको व्यवस्था आयोजकले गर्ने राईले जनाएको छ ।
अहिले सम्म सहभागिताका लागि सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुर जिल्ला बास्केटवल टिम सम्पर्कमा आइसकेको आयोजकले जनाएको छ । नकआउटको आधारमा संपन्न हुने प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा हुनेछ ।
डिपो स्कुलको सभाहलमा संपन्न पत्रकार सम्मेलनमा धरान बास्केटवल संघका सदस्य रेखा गुरुङ, नेपाल पत्रकार महासंघ, सुनसरीका सल्लाहकार जनकऋषि राई, डिपो स्कुल व्यवस्थापन समिति सदस्य सुर्यपन्धाक लिम्वु, डिपो क्याम्पस प्रमूख राजकुमार राई, पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काप्mले लगायतको उपस्थिति रहेको थियो ।