आजबाट चलचित्र "महाभोज", धरान गरियो भव्य प्रिमियर
समाचारदाता : गोपाल पौडेल


२०८२ जेठ ३० गते ।
धराने मिडिया : आजबाट चलचित्र 'महाभोज' रिलिज भएको छ । दुई साता अघि नै रिलिज तय भएको चलचित्र विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको हाे ।
चलचित्रको जेठ २९ गते धरानमा प्रिमियर शो राखिएको थियो। फिल्म हेरेपछि दर्शकले कथा, वाचन शैली र कलाकारको अभिनयको प्रशंसा गरे । प्रशंसासँगै दर्शकमा एक प्रकारको आक्रोश पनि देखिएको थियो । यो आक्रोश सहकारी अपचलनतर्फ लक्षित थियो ।
प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत लगायत सहभागी थिए।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको मुख्य भूमिका छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेन फिल्मका निर्माता हिमाल कडरिया हुन् भने लेखक विकास सुवेदी रहेका छन् ।