असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’, धरानको भानुचौकमा विशेष कार्यक्रम (भिडियो सहित)

समाचारदाता : गोपाल पौडेल

२०८२, असार ३ गते।

धराने मिडिया : धरान संगीत प्रतिष्ठानले आगामी असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’लाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ।

धरान–१, भानुचोकस्थित ‘खुला मञ्च’मा आयोजना हुने कार्यक्रममा प्रतिष्ठानका प्रतिभावान विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका बरिष्ठ गायक मिलन सिंह खातीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।

कार्यक्रमको संयोजन धरान २ स्थित प्रतिष्ठानले गर्नेछ। धरानका मेयर हर्क साम्पाङ राई प्रतिष्ठानका संरक्षक हुन् भने वडा नम्बर २ का अध्यक्ष रमेश राई प्रतिष्ठानका वर्तमान अध्यक्ष हुन्। कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ।

WhatsApp Image 2025-06-17 at 11.49.35 AMWhatsApp Image 2025-06-17 at 11.49.34 AMWhatsApp Image 2025-06-17 at 11.49.35 AM (1)