७४औँ नेपाल स्काउट दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
समाचारदाता : गोपाल पौडेल


२०८२, असार ०५ गते।
धराने मिडिया : न्यु भिजन ओपन क्र्यूको आयोजनामा ७४औँ नेपाल स्काउट दिवसको पूर्वसन्ध्यामा विशेष "मैनबत्ती प्रज्वलन कार्यक्रम" भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता न्यु भिजन ओपन क्र्यूका कार्यवाहक अध्यक्ष तथा रोभर लिडर बब्लु कुमार साहले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त स्काउटर हेमन्त भण्डारी रहनुभएको थियो। कार्यक्रमका विशेष अतिथिमा स्थानीय स्काउट कार्यालय, धरानका प्रमुख आयुक्त स्काउटर मधुसूदन घिमिरे, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव स्काउटर बसुदेव भण्डारी र कोशी प्रदेश स्काउटका स्काउटर गोपाल पौडेल हुनुहुन्थ्यो।

कार्यक्रमको संयोजक न्यु भिजन ओपन क्र्यूका कोषाध्यक्ष स्काउटर प्रथम अग्रवाल रहनुभएको थियो।
कार्यक्रममा स्काउटर बन्दना खनाल, स्काउटर वीरेन्द्र बहादुर शाह, स्काउटर सन्तोष कोईराला, स्काउटर पनस चम्लागाईं लगायत धरान, इटहरी, र सुनसरीहरैचाका स्थानीय स्काउट कार्यालयबाट आएका स्काउटरहरू, रोभर तथा रेञ्जरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्काउट भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा राष्ट्रियता, सेवा र नेतृत्वको भावनालाई अझ सशक्त बनाउने चर्चा गरियो।
उक्त अवसरमा स्काउटरहरूद्वारा दीप प्रज्वलन गर्दै स्काउटप्रतिको समर्पण र प्रतिबद्धतालाई उजागर गरिएको थियो।