स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा मूल समारोह एवं ज्याम्बोरेट स्मारिका विमोचन कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२, असार ०६ गते।

धराने मिडिया : कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा असार ०५ गते नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा मूल समारोह एवं ज्याम्बोरेट स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा  स्काउटको विकास र बिस्तारमा स्थानीय तहमा उच्च योगदान एवं सहयोग गर्ने स्थानीय स्काउट संरक्षकज्यूहरु,

१. दिलप्रसाद राईज्यू, बेलवारी नगरपालिका

२. मेवाहाङ्ग थोप्रा(रोशन)ज्यू, शिवसताक्षी नगरपालिका 

३. रमेश कार्कीज्यू, बराहक्षेत्र नगरपालिका 

WhatsApp Image 2025-06-20 at 10.44.03 AMWhatsApp Image 2025-06-20 at 10.44.02 AMWhatsApp Image 2025-06-20 at 10.44.02 AM (1)

 स्थानीय प्रमुख स्काउटज्यूहरु,

१. श्री प्रमिला न्यौपाने तिवारीज्यू, कमल गाउँपालिका

२. श्री कृष्ण कुमारी पोख्रेल निरौलाज्यू, लेटाङ नगरपालिका 

३. श्री अस्मिता थापाज्यू, लिखु गाउँपालिका

स्थानीय स्काउट कार्यालयहरु( धरान उपमहानगरपालिका, गौरादह नगरपालिका र फाकफोकथुम गाउँपालिका) र  स्काउट दलहरू

१. श्री बरुनेश्वर स्काउट दल, मोलुङ गाउँपालिका, ओखलढुंगा 

२. श्री सरस्वती स्काउट दल, सिरिजङ्गा गाउँपालिका, ताप्लेजुङ

३. श्री हिमालय स्काउट दल(आङ्ला), खॅादवारी नगरपालिका, संखुवासभा 

४. श्री सरस्वती स्काउट दल, हलेसी तुवाचुङ्ग नगरपालिका, खोटाङलाई सम्मान गरिएको थियो ।

WhatsApp Image 2025-06-20 at 10.44.19 AMWhatsApp Image 2025-06-20 at 10.44.04 AMWhatsApp Image 2025-06-20 at 10.44.04 AM (1)

 नेपाल स्काउटले संचालन गरेका परियोजनाका प्रशिक्षकहरुलाई  प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय परिषद सदस्यज्यूहरु श्री रवि खनालज्यू, श्री नवल प्रसाद उपाध्यायज्यू, श्री निर्मला अधिकारीज्यू, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव श्री दामोदर फुयालज्यू, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षकज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरु, स्काउट लिडरज्यूहरु, रोभर/रेन्जर , स्काउटहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन प्रदेश अधिकृत  श्री नवराज घिमिरेज्यूले गर्नुभएको थियो र स्वागत मन्तव्य प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त श्री समर्पण खतिवडाज्यूले गर्नुभएको थियो ।

WhatsApp Image 2025-06-20 at 10.44.20 AMWhatsApp Image 2025-06-20 at 10.44.23 AMWhatsApp Image 2025-06-20 at 10.44.23 AM (1)WhatsApp Image 2025-06-20 at 10.44.24 AMWhatsApp Image 2025-06-20 at 10.44.26 AM