विष्णु मेमोरियल स्कुलमा २ दिने बाती कात्ने तथा टपरी गाँस्ने तालिम सुरु

समाचारदाता : गोपाल पौडेल

२०८२, असार ०६ गते।

धराने मिडिया : धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले दुई दिने बाती कात्ने तथा टपरी गाँस्ने तालिम सुरु गरेको छ। 

विद्यार्थीहरु घरभित्रै व्यस्त हुने, सिप पनि सिक्ने र संस्कृति र परम्पराको जर्गेनासमेत हुने उद्देश्यले विद्यालयले दुनाटपरी बनाउने र बत्ती कत्ने तालिम आयोजना गरिएको हो।

"अहिलेका बालबालिकाहरुले सालको पातबाट कसरी टपरी बनाउन सकिन्छ भनेर आफ्नै आँखा अगाडि देख्न र सिक्न पाए" विद्यालयका प्राचार्य निलम कुमार श्रेष्णले भने ‘साना-साना बालबालिकालाई सिकाउन पाउँदा अभिभावकहरू पनि खुसी हुनुभएको छ। "

WhatsApp Image 2025-06-20 at 4.10.20 PMWhatsApp Image 2025-06-20 at 4.10.19 PMWhatsApp Image 2025-06-20 at 4.10.17 PM

बजारबाट सालको पात र सिन्का किनेर ल्याएर घरमा आफैंले दुना टपरी बनाउन सक्ने गरी विद्यार्थीलाई सिकाइने उनको भनाइ छ ।

प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना–टपरी  बनाएर उपयोगमा ल्याउन आवश्यक छ। 

तालिममा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी रहेका छन् । तालिम शुक्रबार र शनिबार दुई दिन चल्नेछ।

WhatsApp Image 2025-06-20 at 4.10.31 PMWhatsApp Image 2025-06-20 at 4.10.25 PMWhatsApp Image 2025-06-20 at 4.10.20 PM (1)WhatsApp Image 2025-06-20 at 4.10.33 PMWhatsApp Image 2025-06-20 at 4.10.32 PM (1)WhatsApp Image 2025-06-20 at 4.10.32 PMWhatsApp Image 2025-06-20 at 4.10.26 PMWhatsApp Image 2025-06-20 at 4.10.34 PMWhatsApp Image 2025-06-20 at 4.10.33 PM (1)WhatsApp Image 2025-06-20 at 4.10.33 PM (2)WhatsApp Image 2025-06-20 at 4.10.32 PM (2)