कोशी प्रदेश स्तरीय ओपन बास्केटवल, धनकुटा र भोजपुर सेमिफाइनल प्रवेश
समाचारदाता : विकास चाम्लिङ राई


२०८२, असार ०७ गते।
धराने मिडिया : धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा संपन्न कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटवल टिम सेमिफाइनल प्रवेश गरेको छ ।
विहिवार भएको खेलमा धनकुटाले उदयपुर बास्केटवल टिमलाई ५५–२४ अंकको फराकिले अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।
सहज जित निकालेका धनकुटा र उदयपुले प्रत्येक क्वाटरमा १५–४, १३–३, १३–१३ र १४–४ अंक जोडेका थिए ।

जित संगै धनकुटाले आयोजक जिल्ला सुनसरी संग फाइनलका लागि सेमिफाइनलमा भिड्नेछ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका नविन राई म्यान अफ द म्याच घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईले ट्रपि प्रदान गरे ।
यसै गरि सोहि दिन भएको दोस्रो खेलमा भोजपुर टिमले ओखलढुङ्गा बास्केटवल टिमलाई ६१–३२ अंकको अन्तरले सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।
भोजपुर र ओखलढुङ्गाले खेलको प्रत्येक क्वाटरमा ११–७, १७–१०, १७–९ र १६–६ अंक जोडेका थिए । उत्कृष्ट प्रदर्शन गरेका भोजपुर बास्केटवल टिमका दिवस राई म्यान अफ द म्याच घोषित भए ।
उनलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको हात वाट ट्रफि प्रदान गरिएको थियो । जित संगै भोजपुर टिमले फाइनलका लागि इलाम बास्केटवल टिम संग शनिवार प्रतिश्पर्धा गर्नेछ ।
विहिवार देखि सुरु भएको प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्लाका टिमले सहभागिता जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद रु. दुई लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु. एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडि धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद रु. १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल असार ८ गते आइतवार टिपो स्कुलको बास्केटवल कोर्टमा हुनेछ ।