विष्णु मेमोरियलमा भर्ना बन्द

समाचारदाता :  गोपाल पौडेल

२०८२ असार ३२ गते।

धराने मिडिया : धरानको चर्चित विद्यालय विष्णु मेमोरियल माध्यमिक विद्यालयले विज्ञान विषय तर्फको भर्ना बन्द गरेको छ।

यस विद्यालयमा कक्षा ११ मा १०८ विद्यार्थी कोटा रहेकोमा सो कोटामा आइतबारनै १०८ विद्यार्थी भर्ना भई सकेकाले सो विषय तर्फको भर्ना बन्द गरिएको विद्यालयले जनाएको छ।

मिति २०८२ असार २३ संचालित लिखित प्रवेश परीक्षा र असार २४ गते संचालित विद्यार्थी-अभिभावक अन्तर्वार्ता मार्फत भर्नाका निम्ति अन्तिम छनौटमा पर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयले निर्धारण गरेको निश्चित कोटाका कारण भर्ना गर्न नसकिएको सो विद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले बताउनु भयो।

nilam kumar shrestha

व्यवस्थापन विषय तर्फ़ अत्यन्त सिमित कोटा मात्र बाकि रहेको र विज्ञान विषयमा छनौट भई कोटाका कारण भर्ना हुन नसकेका विद्यार्थीले चाहेको खण्डमा व्यवस्थापन विषयमा भर्ना हुन सक्ने समेत वहाँले जानकारी दिनु भयो।

वहांले यस विश्वास र भरोसाको लागि सम्पूर्ण विद्यार्थी र अभिभावकहरू प्रति कृतज्ञतासमेत व्यक्त गर्नु भयो । 

धरान क्षेत्रमा कक्षा ११ मा विद्यार्थी भर्नाका निम्ति विभिन्न प्रलोभन, आश्वसन र मिथ्या विज्ञापनले शैक्षिक माहोल धुमलिदै गएको सरोकारवालाहरूले बताइरहनु भएको सन्दर्भमा विद्यालयको अनुशासन, गुणस्तरिय भौतिक पूर्वाधार, उत्कृष्ट शिक्षक, उत्कृष्ट तलब-सुविधा, र विगत देखिको उत्कृष्ट शैक्षिक नतिजा नै विद्यार्थी र अभिभावकको आकर्षण र विश्वासको आधार रहेको विद्यालयले जनाएको छ।

उक्त विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालन हुने विभिन्न परीक्षाहरूमा यस क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरिरहेको छ ।

Bishnu SEE 2081 Pass

यस बर्षको कक्षा १० को एसइइ परीक्षामा सो विद्यालयले जीपीए ४.० सहित १०० जना विद्यार्थीहरू जी पी ए ३.६१ - ४.०, २८ जना जी पी ए ३.२१ - ३.६, र ३ जना जी पी ए २.८१ - ३.२ गरी शतप्रतिशत विद्यार्थीहरू उत्तिर्ण गराउन सफल भएको थियो भने गत वर्षसमेत सोहि स्कुलबाट धरानको शैक्षिक इतिहासमा नै पहिले पटक जीपीए ४.० सोहि विद्यालयले हासिल गर्न सफल भएको थियो।