आजको तेस्रो खेलमा नेपाल र बंगलादेशको भिडन्त
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ०८ गते ।
धराने मिडिया : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दै छ। प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो।
नेपाल र बंगलादेशले हालसम्म २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् ।
यस अघि नेपाले अगस्ट २० मा भारतसँग र अगस्ट २२ भुटानसँग खेल खेलेको थियो। नेपाल भारतसँग ७-० को अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराएको थियो ।
प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता रहेको छ।
आजको खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।
आजको खेलपछि नेपालले अगस्ट २७ मा बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल खेल्न छ।
यू-१७ मा नेपाली महिला खेलाडीहरु झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर र दिक्षा रनपाल रहेका छन।