साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १३ गते ।

धराने मिडिया : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यतरत प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल, इलाका प्रहरी कार्यालय दोहमना मोरङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु पराजुली र प्रहरी जवान समिप सुब्बालाई साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

WhatsApp Image 2025-08-29 at 10.00.51 AMWhatsApp Image 2025-08-29 at 10.00.51 AM (1)

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा मोरङ, सुनसरी र झापा जिल्लाको विभिन्न स्थानहरुमा मिति २०८१ साल माघ १५ गते देखि ट्रान्सफर्मरहरु चोरी भएको घटनामा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय रानी, विराटनगरसँग समन्वय तथा सहकार्य गरी मोरङको १० स्थान, सुनसरीको १२ स्थान र झापाको २ स्थानमा गरी जम्मा २४ स्थानमा ट्रान्सफर्मर चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा मिति २०८२ साल साउन ९ गते चोरीमा संलग्न १२ जना व्यक्तिहरुलाई ट्रान्सफर्मर चोरी गर्न प्रयोग भएको विभिन्न औजारहरू र ट्रान्सफर्मरबाट निकालेको ३६८ किलो ५ सय ग्राम तामाको तार सहित पक्राउ गर्न सफल भएको थियो।

साथै उनीहरुले चोरी गर्न प्रयोग गरेको को.१ च ७७२९ नं. को पिकअप गाडी, विभिन्न कम्पनिहरुको ५ थान मोटरसाइकल,  र विभिन्न कम्पनिका १२ थान मोवाइल समेत वरामद गरी चोरीमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको हुँदा आम नागरिकहरुमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट निर्वाह गरेकोले निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८२ साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो ।

WhatsApp Image 2025-08-29 at 10.00.51 AMWhatsApp Image 2025-08-29 at 10.00.51 AM (1)