चलचित्र "माइती घर" को शीर्षक गित सार्वजनिक

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १३ गते ।

धराने मिडिया : गत बिहिवार चलचित्र "माइती घर" को शीर्षक गित सार्वजनिक भएको छ।

ओ एस आर डिजिटल युटुब च्यानल मार्फल उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। सार्वजनिक भएको २४ घण्टा नबित्दै भिडियोले लाखौ भ्युज पाइसकेक्को छ।

सार्वजनिक म्युजिक भिडियो पहडी क्षेत्रको सुन्दर दृश्य देखाए सँगै कलाकार उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नित्य प्रस्तुत गरिएको छ।  

यो चलचित्र दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ । चलचित्र रविन शेरचन र धिरज तामाङले निर्माण गरेका हुन भने  मिलन तामाङ यस चलचित्रका निर्देशक रहेका छन।

चलचित्रमा कलाकारद्वय केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

WhatsApp Image 2025-08-29 at 10.43.04 AM (1)WhatsApp Image 2025-08-29 at 10.43.04 AM