प्रथम जुनियर मिस्टर एण्ड मिस धरान आइडलको उपाधि प्रसङशा र अजयलाई

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १४ गते ।

धराने मिडिया : धरान-६ स्थित पानवारी बस्ने ५ वर्षिय अङ्कित खड्का उपचार सहयोगका लागि होप धरानद्वारा आयोजित जुनियर मिस्टर एण्ड मिस धरान आइडल सिजन-१ को उपाधि प्रसङ्शा लिम्बु र अजय राउटले हात पारेका छन।

गत शुक्रवार भदौँ १३ गते धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा भएको ग्राण्ड फिनाले कार्यक्रममा उनिहरु विजय घोषित भएका हुन।

विजय भएका प्रसङ्शा लिम्बु र अजय राउटले नगद रु २५ हजार, प्रमाणपत्र, ट्रफि र अन्य विभिन्न उपहार प्रधान गरिएको थियो। 

WhatsApp Image 2025-08-30 at 11.16.14 AMWhatsApp Image 2025-08-30 at 11.16.14 AM (1)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (13)

WhatsApp Image 2025-08-30 at 11.16.38 AM (12)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (10)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (11)

त्यस्तैगरि प्रतियोगितामा छात्रा तर्फ वाङ्छ्या राई दोस्रो र जस्मिन राई तेस्रो भएका थिए भने छात्र तर्फ नेमार तामाङ दोस्रो र रोमन खड्की तेस्रो भएका थिए। उनिहरुले क्रमश नगद रु १५ हजार र १० हजार सहित प्रमाणपत्र, ट्रफि र अन्य विभिन्न उपहार प्राप्त गरेका थिए।

प्रतियोगिताको ग्राण्ड फिनाले कार्यक्रममा मिटर नेपाल २०२४ का उपविजेता आदेश प्रधान प्रमुख निर्णायक रहेका थिए भने मिस ग्याम नेपाल २०१८ का विजेता शान्ति पाख्रिन, मिस टुरिजम नेपाल २०२४ का विजेता रविना बराईलि, सामाजिक अभियनता सोनिया गुप्ता चौधरी र मिस ट्यालेट ओर्गनाइज चोइज विजेता रिया विश्वकर्मा निर्णायकमा रहेका थिए। 

WhatsApp Image 2025-08-30 at 11.15.31 AMWhatsApp Image 2025-08-30 at 11.16.14 AM (2)WhatsApp Image 2025-08-30 at 11.15.53 AMWhatsApp Image 2025-08-30 at 11.15.53 AM (1)WhatsApp Image 2025-08-30 at 11.15.31 AM (1)

धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क राज राई (साम्पाङ) प्रमुख अतिथि रहेको कार्यक्रममा छात्र तर्फ १० जनाको सहभागीता रहेको थियो भने छात्रा तर्फ २० जनाले सहभागीता जनाएका थिए।

कार्यक्रमा मिटर एण्ड मिस धरान एस ई ई २०२५ सेजन-२ का उपविजेता अन्जलि शाह, रङ्छिङ तामाङ र स्यामरिण बास्तोलाले संचालन गरेका थिए।

प्रतियोगिताको पहिलो अडिसन असार १५ गते धरान-९ पुतली लाइन स्थित हाङ्कुक साराङ कोरियान रेस्टुरेन्ट एण्ड बारमा भएको थियो भने दोस्रो अडिसन असार २१ गते धरान-७ बुध्द मार्ग स्थित होप धरानको कार्यक्रम हलमा भएको थियो। 

त्यस्तैगरि प्रतियोगिताको ग्रान्ड अडिसन असार २९ गते धरान-७ बुध्द मार्ग स्थित होप धरानको कार्यक्रम हलमा भएको थियो भने ट्यालेट शो साउन २७ गते धरान -७ स्थित सिधि नेवा परिसरमा रहेको सभाहलमा सम्पन्न भएको थियो। 

WhatsApp Image 2025-08-30 at 11.15.31 AM (2)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (3)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (5)WhatsApp Image 2025-08-30 at 11.16.38 AMWhatsApp Image 2025-08-30 at 11.16.38 AM (1)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (4)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (2)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (8)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (6)WhatsApp Image 2025-08-30 at 11.16.38 AM (7)