तेह्रथुममा जन्मिएका चन्द्र कुवेर खापुङ ३२औं आईजीपीमा नियुक्त
समाचारदाता : गोपाल पौडेल

काठमाडौँ, २०८२ भदौ १४ गते ।
धराने मिडिया : शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक(आईजीपी)मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हालका आईजीपी दिपक थापा यही भदौ १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो।
तेह्रथुममा जन्मिएका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। करिब तीन दशकको सेवाअवधिमा उनले विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्।
प्रधानमन्त्रीको सुरक्षा प्रमुख, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख, कोशी प्रदेश प्रहरी प्रमुख लगायतका महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।