मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको लागू औषध ब्राउन सुगर सहित पक्राउ
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १५ गते ।
धराने मिडिया : सुनसरी र भोजपुरबाट लागू औषध ब्राउन सुगर सहित जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ १३ गते भोजपुरको भोजपुर नगरपालिका- ९ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को. ११ प ७६६८ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको १५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर फेला पारी मोटरसाईकल चालक भोजपुर- १२ का ३० बर्षीय रिजन श्रेष्ठ र मोटरसाईकल पछाडी सवार टेम्केमैयुङ गाउँपालिका- २ का २८ बर्षीय सनुप राईलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीले मोरङ सुन्दरहरैचा- ६ का २८ बर्षीय हेमराज बि.क.लाई ४ ग्राम ५० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर