मिस नेपालको ताज लुना लुइँटेलको शिरमा
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १६ गते ।
धराने मिडिया : हिँड्न ट्रेजर मिस नेपाल वर्ल्ड २०२५ को ताज लुना लुइँटेलको शिरमा पुगेको छ। शनिबार ललितपुरको गोदावरीमा भएको फाइनलमा मिस नेपाल वर्ल्डको ताज लुनाले जितेकी हुन्।
‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्याइ दिइन् ।
‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् ।
२६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका मध्ये सोनी घले थर्ड रनर अप तथा मिस नेपाल अर्थ बनेकी छन् भने, उरुषा भण्डारी सेकेन्ड रनर अपसहित मिस इन्टरनेशनल घोषित भएकी छिन् ।