ओलि र पुटिन बिच २५ मिनेट एक्लाएक्लै भेटवार्ता

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १७ गते ।

धराने मिडिया : शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओलीको सचिवालयको अनुसार २५ मिनेट दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको हो।

दुई नेतावीचकाे भेटमा भएका कुराकानी विस्तृत भने खुलाइएकाे छैन ।

यस अगाडि पुटिनसँग भेट्ने प्रधानमन्त्रीमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल हुन् । उनले सन २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलको दौरानमा पुटिनसँग भेट गरेका थिए । तर त्यो बेला पुटिन प्रधानमन्त्रीको ओहोदामा थिए ।

शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्तासमेत गरेका थिए। उनले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताका विषयमा पनि ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका थिए।

KP Oli (2)KP Oli