लोड गरेको भरुवा बन्दुक सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

संखुवासभा, २०८२ भदौ १८ गते ।

धराने मिडिया : संखुवासभाको पाँचखपन नगरपालिका-४ का ४३ बर्षीय राम बहादुर श्रेष्ठलाई लोड गरेको १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ।

भदौ १७ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर कोठा खानतलासी गर्दा ओछ्यानमुनी लुकाई छिपाई राखेको अवस्थामा लोड भएको १ थान भरुवा बन्दुक फेला पारेको हो ।

अवैध भरुवा बन्दुक सहित पक्राउ परेका उनको थप अनुन्धान भईरहेको छ ।