"माइती घर" : ७ दिनमा २० लाख माथि भ्युज

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २० गते ।

धराने मिडिया : चलचित्र "माइती घर" को शीर्षक गित सार्वजनिक भएको ७ दिनमा २० लाख भन्दा बढि हेरिसकेको छ।

सार्वजनिक भएको दिन देखि नै चर्चा पाएको सो गित हाल सामाजिक प्याटफममा ट्रेन्डिङमा पुगेको छ। वितरक टोलिले उक्त गितमा पोस्ट गरे मध्य कोहि एक विजेता छ्नोट गरि पुरस्कार समेत दिने घोषणा गरेको थियो।

भदौ १२ गते बिहिवार चलचित्र "माइती घर" को शीर्षक गित सार्वजनिक भएको थियो। ओ एस आर डिजिटल युटुब च्यानल मार्फल उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको थियो।

सार्वजनिक म्युजिक भिडियो पहडी क्षेत्रको सुन्दर दृश्य देखाए सँगै कलाकार उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नित्य प्रस्तुत गरिएको छ।

चलचित्र "माइती घर" दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ । चलचित्र रविन शेरचन र धिरज तामाङले निर्माण गरेका हुन भने  मिलन तामाङ यस चलचित्रका निर्देशक रहेका छन।

चलचित्रमा कलाकारद्वय केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

WhatsApp Image 2025-08-29 at 10.43.04 AMWhatsApp Image 2025-08-29 at 10.43.04 AM (1)