धरानमा तृष्णा गुरुङ एण्ड द कोलाबको लाइभ प्रस्तुति हुने
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २० गते ।
धराने मिडिया : धरानमा चर्चित गायिका तृष्णा गुरुङ आफ्नो ब्यान्ड “तृष्णा गुरुङ एण्ड द कोलाब” सहित लाइभ प्रस्तुति दिने भएकी छन्।
‘भोटेपुल सांस्कृतिक उत्सव–२०८२’ को अवसरमा हुन लागेको यो विशेष कन्सर्ट दृश्य : सि द अनसिनको आयोजनामा र विचार विमर्श को व्यवस्थापनमा सम्पन्न हुने भएको हो।
आयोजकले दिएको जानकारी अनुसार, तृष्णा गुरुङ एण्ड द कोलाबको प्रस्तुति असोज ६ गते, भोटेपुल सभागृहको खेल मैदानमा हुनेछ।
साँझ ४ बजेदेखि सुरु भई राति १० बजेसम्म सञ्चालन हुने उक्त कन्सर्टमा धरानका दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्य राखिएको छ।
कार्यक्रम संयोजक सन्देश तिमल्सिनाका अनुसार, तृष्णा गुरुङसँगै धरानका विभिन्न स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्। तीमध्ये आस्था एण्ड द ब्रदर्स, द एल्लाइज, लगायतका ब्यान्ड र कलाकारहरूको प्रस्तुति रहनेछ।
आयोजकको भनाइअनुसार, यसपटक धरानमा यसअघि भएका कन्सर्टभन्दा फरक र विशेष हुने अपेक्षा गरिएको छ।