प्रथम जुनियर मिस्टर एण्ड मिस धरान आइडलको विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २१ गते ।

धराने मिडिया : होप धरानद्वारा आयोजित जुनियर मिस्टर एण्ड मिस धरान आइडल सिजन-१ को विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिएको छ।

गत शुक्रवार भदौँ १३ गते धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा भएको ग्राण्ड फिनाले कार्यक्रममा विजय भएका प्रतिस्पर्थिहरु उक्त नगद पुरस्कार हस्तान्तरण गरिएको हो।

कार्यक्रममा विजय भएका प्रसङ्शा लिम्बु र अजय राउटले नगद रु २५ हजार, दोस्रो हुने वाङ्छ्या राई र नेमार तामाङले नगद रु १५ हजार र तेस्रो हुनेमा जस्मिन राई र रोमन खड्कीले नगद रु १० हजार प्राप्त गरेका थिए।

भदौँ २० गते शुक्रवार धरान-८ साम्पङ चोक स्थित दि धरान क्याफे एण्ड रेस्ट्रोमा हस्तान्तरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको प्रमुख अथिति कोशी प्रदेश माननिय ममता योजनले दिप प्रज्वलन गरि कार्यक्रमको सुरुवात गरेका थिए।

आयोजक टोलि होप धरानले प्रतियोगिताबाट सङ्कलन गरिएको नगद रु १,१०,००० धरान-६ स्थित पानवारी बस्ने ५ वर्षिय अङ्कित खड्का उपचारको लागि सहयोग गरेका थिए।

IMG_9788111 (1)Capture1Capture3IMG_9786vd (1)IMG_9775f (1)IMG_9777fafd (1)J