प्रधानमन्त्री ओलीले दिए राजीनामा

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २४ गते ।

धराने मिडिया : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

ओलीले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।

ओलीले मंगलबार साँझ सर्वदलीय बैठकसमेत बोलाएका छन् ।

भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलन चर्किएको हो।