मंसिर १८ गतेदेखि धरानमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता
समाचारदाता : गोपाल पौडेल
२०८२ मङ्सिर १५ गते ।
धराने मिडिया : धरान-१५ स्थित नौलो पथ ब्याडमिन्टन क्लबको आयोजनामा मंसिर १८ देखि २० गतेसम्म ‘धरान नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ।
प्रतियोगिता B–Level (Double) र Under–13 (Single) दुई श्रेणीमा सञ्चालन हुनेछ।
B–Level डबल्सतर्फ प्रथम पुरस्कार नगद रु २० हजार, दोस्रो नगद रु १०,५०० र तेस्रो नगद रु ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र तोकिएको छ।
त्यस्तै अन्डर-१३ सिङ्गल तर्फ पुरुष र महिलाहरू दुबै समूहमा प्रथम, द्वितीय र तृतीय विजेतालाई क्रमशः रु ९ हजार रु ६ हजार र रु ४ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र रखिएको छ।
प्रतियोगिताका लागि B–Level डबल्समा प्रवेश शुल्क प्रति व्यक्ति रु ७५० र Under–13 सिङ्गमा रु ३०० राखिएको छ। अन्तिम दर्ता मिति मंसिर १६ तोकिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा Yonex Mavis 350 शटलक प्रयोग गरिने र खेल BWF तथा NBA को नियमअनुसार सञ्चालन हुनेछ।
सम्पुर्ण खेल धरान-१५ स्थित नौलो पथ ब्याडमिन्टन हलमा हुनेछ।




















