माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रूपैयाँ

समाचारदाता : गोपाल पौडेल

२०८२ मङ्सिर १६ गते ।

धराने मिडिया  : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको छ।

सरकारले वस्तुको खरिद बिक्री गर्दा हुने १० लाखसम्मको नगद कारोबारको सीमालाई घटाएको हो ।

नगद कारोबारको माध्यमबाट सम्पत्ती शुद्धिकरण भइरहेको निष्कर्ष निकाल्दै नेपाल सरकारले नगद कारोबारलाइ निरूत्साहित गर्ने उद्देश्य सहित नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको हो।

त्यस्तै सरकारले श्रीलंकामा बाढी पहिरोले धनजनको ठूलो क्षति भएकोमा सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ।