प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२  मंसिर १७ गते ।

धराने मिडिया  : मोरङ र उदयपुरको बिभिन्न स्थानहरुबाट मंसिर १५ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-११ का बिजय तोलाङ्गीको घर कोठाबाट लागू औषध ट्रामाडोल १८० क्याप्सुल र स्पास्पेन १७० ट्याब्लेट बरामद गरी पक्राउ गरेको हो।

यसैगरी मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १-०२-००४ ह २५२४ नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित सिटि चालक जहदा गाउँपालिका-७ का २० बर्षीय शसी मण्डललाई नियन्त्रणमा लिएको हो ।

यसैगरी उदयपुरको प्रहरी चौकी लालपताबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका प्रतिबन्धित लागू औषध ट्याब्टेल १७९ वटा र एम्पुल ६ वटा सहित कटारी नगरपालिका-७ का किरण नेपालीलाई नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर