नौलो पथ ब्याडमिन्टन प्रतियोगिताको उपाधि निर्मला राई र गौरव लिम्बुलाई

समाचारदाता : गोपाल पौडेल

२०८२ मंसिर २१ गते ।

धराने मिडिया : धरान-१५ स्थित नौलो पथ ब्याडमिन्टन क्लबको आयोजनामा धरान नगर स्तरीय नौलो पथ ब्याडमिन्टन प्रतियोगिता  B–Level (Double)को उपाधि निर्मला राई र गौरव लिम्बुले हात पारेका छन। विजेता भए सगै उनिहरुले नगद रु २० हजार , मेडल र प्रमाणपत्र हात पारे।

त्यस्तै प्रतियोगितामा B–Level (Double) तर्फ सुवाश लिम्बु र हरि मगरले दोस्रो स्थान हासिल गरे भने भावना राई - नुनिराम राई र राज कुमार राई - भुवन राईले तेस्रो स्थान हात पारेका छन। उनिहरुले नगद रु १०,५००(दोस्रो) र नगद रु ५०००/५००० (तेस्रो) सहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

WhatsApp Image 2025-12-06 at 7.58.21 PM

त्यस्तैगरि प्रतियोगिताको दोस्रो श्रेणी Under–13 सिङ्ग तर्फ मिङ्सोहाङ लिम्बु प्रथम भएका छन। उनले नगद रु ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए।

त्यस्तै  Under–13 सिङ्ग तर्फ निशान शेर्पा दोस्रो भएका थिए भने समर्थामान श्रेष्ठ र सिबान चेम्जोङ तेस्रो भएका थिए। उनिहरुले नगद रु ३ हजार(दोस्रो) र नगद रु १५००/१५०० (तेस्रो) सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए।

WhatsApp Image 2025-12-06 at 8.42.15 PM (1)

कार्यक्रममा  प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम वेघा, विशेष अतिथि राष्ट्रिय अनुसन्धान  विभागका प्रहरी नायव महानिरीक्षक(डि.आई.जि) इन्द्र लामा, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष चन्द्र शेखर लामा,सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठ, धरान ब्याडमिन्टन क्लबका उपाध्यक्ष याङ्ला शेर्पा लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो। 

प्रतियोगिता धरान उपमहानगरपालिका एवम १५ नं. वडा लगायत अन्य विभिन्न वडा कार्यलयको सहकार्य र सहयोग साथै सुनसरी जिल्ला ब्याटमिन्टन संघको प्रविधिक सहयोग एवम सिप्रदी अटो पार्ट्स को प्रथम पुरस्कार प्रायोजनमा सम्पन्न भएको थियो। 

प्रतियोगिता मंसिर १८ देखि २० गतेसम्म धरान-१५ स्थित नौलो पथ ब्याडमिन्टन हलमा भएको थियो।

WhatsApp Image 2025-12-06 at 7.58.27 PMWhatsApp Image 2025-12-06 at 8.42.15 PM

WhatsApp Image 2025-12-07 at 2.19.57 PMWhatsApp Image 2025-12-07 at 2.18.06 PM