मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ
समाचारदाता : गोपाल पौडेल
२०८२ मंसिर २१ गते ।
धराने मिडिया : मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
६ दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।
यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् ।
यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन्।
मुख्यमन्त्री यादवलेयही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।




















