भिडियो खिच्ने क्रममा नदीमा डुबेर बेपत्ता

समाचारदाता : गोपाल पौडेल

२०८२ मंसिर २३ गते ।

धराने मिडिया : पूर्वी नवलपरासीको गैंडाकोटमा भिडियो खिच्ने क्रममा एक युवक नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्।

सोमबार साँझ करिब ५ बजेतिर गैंडाकोटस्थित नारायणी नदीमा भिडियो खिच्दै गरेका तरुण भण्डारी अचानक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

उनले भिडियो बनाउन साथीलाई आफ्नै मोबाइल दिएर भिडियो खिच्न लगाएका थिए । भिडियो खिच्ने क्रममा एकाएक नदीमा पुगेका भण्डारी बेपत्ता भएका थिए ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय गैडाकोट र गोताखोरको टोलीले खोजी कार्य जारी रहेको छ ।