कांग्रेस सुनसरी–१ द्धारा प्रतिनिधिसभा र राष्ट्रियसभाको उम्मेदवार नाम सिफारिस

समाचारदाता : गोपाल पौडेल

२०८२ मंसिर २४ गते ।

धराने मिडिया : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी हुने राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीको बैठकले आकांक्षी नेताहरुको नामलाई नेपाली वर्णानुक्रमका आधारमा क्रमवद्ध गरी सिफारिस गर्ने निर्णय गरेको हो 

बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिना गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिध िसंदिप श्रेष्ठको नाम सिफारिस गरेको छ।

WhatsApp Image 2025-12-10 at 11.51.10 AM (1)

त्यसैगरी समानुपातिकतर्फ जिल्ला सदस्य अनुपमा सुनुवार, क्षेत्रीय सल्ल्लाहकार डा. आनन्द आचार्य, नेपाल महिला संघ केन्द्रीय सदस्य उर्मिला प्रधान, महासमिति सदस्य कृष्णकला मादने, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, कोशी प्रदेहश सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सल्लाहकार विश्वराज भण्डारी, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, क्षेत्रीय सल्लाहकार मिना पुलामी, नेपाल दलित संघ पूर्व केन्द्रीय सदस्य रामबहादुर परियार, महासमिति सदस्य श्यामा रेग्मी, महासमिति सदस्य सुवास राई र क्षेत्रीय सल्लाहकार सचित शर्माको नाम सिफारिस गरेको छ ।

बैठकले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा सदस्यका लागि क्षेत्रीय सल्ल्लाहकार उमा वास्तोला, क्षेत्रीय सल्लाहकार काशीराम चौधरी, पूर्व जिल्ला सचिव गिरिराज आचार्य, नेपाल दलित संघ कोशी प्रदेश संयोजक गोविन्द दर्नाल, महासमिति सदस्य चन्द्रप्रसाद श्रेष्ठ, महासमिति सदस्य जगतबहादुर कार्की, क्षेत्रीय सल्लाहकार प्रेम प्रसाद पौडेल, पूर्व जिल्ला सचिव भिष्म काप्mले, केन्द्रीय सदस्य लक्ष्भी खतिवडा, क्षेत्रीय सल्लाहकार हर्ष सुब्बा, पूर्व जिल्ला सभापति हरिनाथ वास्तोला र पूर्व क्षेत्रीय सभापति हेमलाल सुब्बाको नाम सिफारिस गरेको छ ।

WhatsApp Image 2025-12-10 at 11.51.10 AM

बैठकले अहिले प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस भएका नेताहरुले आगामी प्रदेशसभा सदस्य र स्थानीय तहको निर्वाचनमा उम्मेदवार दावी गर्न नपाउने समेत निर्णय गरेको छ । पार्टीमा योगदान गरेका नेताहरु वीचमा समान र न्यापपूर्ण अवसर प्रदानका लागि यस्तो निर्णय गरिएको बताईएको छ ।

बैठकले सिफारिसमा परेका नेताहरु वीच समझदारी कायम गरी÷गराई सर्वसम्मत एकल नाम छनौटका लागि पहल गर्न निम्नानुसार १(एक) समिति बनाउने निर्णय समेत गरेको छ । समितिमा कोशी प्रदेश सांसद मा.ममता तामाङ, कोशी प्रदेश सदस्य सन्तोष वि.क., कोशी प्रदेश सदस्य किशोर राई, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, बराहक्षेत्र नगर सभापति रमेश कार्की, रामधुनी नगर सभापति सुदिप अधिकारी, महासमिति सदस्य तिलक राई,  महासमिति सदस्य पर्वतकमार राई, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई र  संसदीय दल नेता धरान नरेन्द्रकुमार राई(प्रविन) रहेको छ ।

WhatsApp Image 2025-12-10 at 11.51.10 AM (1)

त्यसैगरी विभिन्न कारणले पार्टी छाडी गएका साथीहरुलाई पार्टीमा फर्काउन तथा पार्टीप्रति असन्तुष्ट जनाएर निष्कृय रहेका साथीहरुलाई सकृय बनाउन पहल गर्न निम्नानुसार समिति बनाउने पनि निर्णय गरेको छ । समितिमा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, कोशी प्रदेश महामन्त्री उमेश थापा, कोशी प्रदेश सदस्य सन्तोष वि.क., कोशी प्रदेश सदस्य किशोर राई, जिल्ला सचिव माधव घिसिङ, कोशी प्रदेश सांसद मा.ममता तामाङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, बराहक्षेत्र नगर सभापति रमेश कार्की, रामधुनी नगर सभापति सुदिप अधिकारी, महासमिति सदस्य विनोदकुमार राई, महासमिति सदस्य तिलक राई, महासमिति सदस्य पर्वतकमार राई, महासमिति सदस्य सुवास राई, महाधिवेशन प्रतिनिधि संदिप श्रेष्ठ, संसदीय दल नेता धरान नरेन्द्रकुमार राई(प्रविन), क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, नेविसंघ केन्द्रीय सदस्य संगिता वाहिङ, नेपाल तरुण दल क्षेत्रीय सभापति अजय राई, नेपाल तरुण दल प्रदेशसभा १(१) सभापति जीवन लिम्वु(लक्ष्मी), नेपाल तरुण दल धरान नगर सभापति रामकुमार तामाङ, नेविसंघ म.ब. क्याम्पस धरान इकाई सभापति विनोद आले मगर र म.ब. क्याम्पस धरान स्ववियु सभापति प्रसान राई रहेको छ ।

बैठकले नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य युवा नेता विनोद घिमिरेको उपचारको क्रममा भारतको नयां दिल्लीमा असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेता घिमिरेको निधनमा ३ दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने समेत निर्णय गरेको छ ।