वैशाख १ गतेदेखि धरानको शिव सिनेमा आधुनिक स्वरूपमा पुनःसञ्चालन गर्ने तयारी

समाचारदाता : गोपाल पौडेल

२०८२ मंसिर २४ गते ।

धराने मिडिया : धरान-चतरालाइनस्थित करिब १७ कट्ठा क्षेत्रफलमा रहने पुरानो शिव सिनेमा हललाई आगामी नयाँ वर्ष २०८३ को वैशाख १ गतेदेखि पूर्णरूपमा नयाँ मल्टिप्लेक्समा पुनः निर्माण गरी आधुनिक स्वरूपमा पुनःसञ्चालन ल्याउने भएको छ ।

चलचित्र विकास बोर्डबाट सम्पूर्ण सरकारी प्रक्रियासहितको इजाजत प्राप्त भइसकेको र निर्माण कार्य हाल तीव्र गतिमा अघि बढिरहेको निर्माता तथा निर्देशक रिमेश अधिकारी र सुरज खड्का जानकारी दिनुभएको छ।

नयाँ मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक प्रेक्षागृह रहनेछन् भने  रेष्टुरेण्ट, क्याँफे सहितको सुविधा समेटेर सिनेमा हललाई आधुनिक मल्टिप्लेक्सका रूपमा निर्माण गरिने निर्माता/निर्देशक अधिकारीले बताउनुभयो। 

दुईवटा प्रेक्षागृह मध्ये एउटा हलमा २५० सिट तथा अर्कोमा १९० सिट क्षमता रहनेछ ।