साधुटारमा घर पुनर्निर्माण गरि हस्तान्तरण
समाचारदाता : गोपाल पौडेल
२०८२ मंसिर २५ गते ।
धराने मिडिया : केराबारी गाउँपालिका वडा न. ५ स्थित साधुटारमा रहेको कृष्ण राईको घर श्रमदानबाट घर पुनर्निर्माणमा सहयोग गरि हस्तान्तरण गरिएको छ। गरिबीका कारण ओत लाग्ने घर निर्माण गर्न नसकेर छाप्रोमा बस्दै आएका राईले नयाँ घर निर्माण गर्न पाएपछि हर्षित भएका थिए।
मेरिल्याड स्कुलका उपप्राचार्य मनोज राईको पहलबाट सुरु भएको पुनर्निर्माण अभियानमा स्कुलका विद्यार्थीले पनि साथ दिएका थिए।
उपप्राचार्य राई अनुसार समाजमा सचेतना फैलाउन र शिक्षा तथा सीप विकासमा सामाजिक कार्यका विद्यार्थीकाे भूमिका महत्वपूर्ण रहेकाे मानिन्छ । उनले सामाजिक कार्यमा आवद्ध संघसंस्था र शैक्षिक संस्थाका वीच सिकाइ तथा अनुभव आदनप्रदान, अध्ययन अनुसन्धान र स्वयम्सेवक परिचालनममा सहकार्य गर्न पर्छ बताएका थिए।
कार्यक्रममा केराबारी गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष, समाजसेवि सनम तामाङ, विभिन्न मिडियाका संचारकर्मी लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
सहयोग गर्ने दाताको नामः
- शारदा राईकाे पहलमा दिपा राई
- रेनुका राई लगायतका दाताहरु
- स्व. दल बहादुर मगरकाे सम्झानामा छाेरी मिरा मगरबाट सिमेन्ट
- बिजाया शाक्यकाे पहलमा , शिखर राई, आराध्य, रुबिना लगायत विध्यार्थीहरु
- कक्षा ८ , ९ र १० का विध्यार्थीहरुबाट च्यारेटी हाईकिङ गरेर सहयाेग
- मनाेज राई नाम्दुङ
























