हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु
समाचारदाता : गोपाल पौडेल
२०८२ मंसिर २७ गते ।
धराने मिडिया : मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट ६० वर्षीय भवकृष्ण घिमिरेको ज्यान गएको छ।
घिमिरेलाई दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए।
घटना बारे प्रहरीको थप अनुसन्धान भईरहेको छ ।




















