धरानमा पौष १ गते देखि स्काउटद्वारा बृहत् साहसिक क्रियाकलाप
समाचारदाता : गोपाल पौडेल
२०८२ मंसिर २८ गते ।
धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरान उपमहानगरपालिकाले सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारीमा ‘बृहत् साहसिक क्रियाकलाप’ आयोजना गर्ने भएको छ ।
धरानस्थित पानबारी सामुदायिक वन परिसरमा सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्र सिंह हाङमाङले गर्ने तय भएको स्थानीय स्काउट आयुक्त मधुशुधन घिमिरेले जानकारी दिए।
स्थानीय आयुक्त घिमिरेका अनुसार कार्यक्रमको समापनको अवसरमा स्काउटको क्षेत्रमा लामो समयदेखि योगदान दिएका अग्रज व्यक्तित्वहरूलाई सम्मानित गर्ने कार्यक्रमसमेत रहेको छ ।

कार्यक्रम पुस १ गते देखि ७ गते सम्म आयोजना हुनेछ।
साहसिक क्रियाकलापतर्फ २० वटा फरक–फरक क्रियाकलापहरू राखिएका छन् ः
- सुपर म्यान जम्प
- ओमेगा जम्प
- बेम्बो वाक
- बेम्बो ब्यालेन्स
- ल्याडर क्लाइम्बिङ
- ल्याडर क्रसिङ
- नेट क्लाइम्बिङ
- स्विङ ब्रिज
- टायर क्रसिङ
- टायर ब्रिज
- बोटिङ
- प्लाङ्क वाल
- कमाण्डो ब्रिज
- मङ्की ब्रिज
- आर्चरी





















