जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

समाचारदाता : गोपाल पौडेल

२०८२ मंसिर २९ गते ।

धराने मिडिया : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ अध्यक्षमा गणेश राई चयन भएकाछन् ।

शुक्रवार धरानमा भएको प्रदेश भेलाले राईको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय  समिति चयन गरेको हो ।

समितिको तीन उपाध्यक्षमा डिल्ली सुव्वा,रमा कार्की र नसरुल महम्मद रहेकाछन् भने महासचिवमा नगेन्द्र पारघरी लिम्वू रहेकाछन् ।

त्यसैगरी समितिको तीन सचिवमा गणेश खालिङ,कुमार सुन्वार र रन्जित साम्पाङ चयन भएकाछन् ।

सदस्यहरुमा सुमन राई,दुर्गा गुरुङ, दुर्गा राई,लगायत रहेकाछन् ।

अघिल्लो समितिका केही नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नयाँ कमिटी निर्माण गरेको हो ।

पार्टीलाई प्रदेश १ मा पहिलो पार्टी वनाउने अभियानका साथ संगठन विस्तार र निर्माणमा लाग्ने नव निर्वाचित अध्यक्ष गणेश राईले प्रतिवद्धता जनाएकाछन् ।