सुनसरी क्षेत्र नं. १ मा कांग्रेसको नयां क्रियाशील सदस्यता फाराम वितरण

समाचारदाता : गोपाल पौडेल

२०८२, पौष ०२ गते ।

धराने मिडिया : नेपाली कांग्रेसको १५औं महाधिवेशन घोषणा भएसंगै सुनसरीमा पनि नयां क्रियाशील सदस्यता फाराम वितरण भएको छ ।

सुनसरीको क्षेत्र नं. १ अन्तर्गत पर्ने धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका वडाहरुलाई नयां सदस्यता फाराम वितरण गरिएको हो ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको प्रदेशसभा र पालिका समेतको संयुक्त बैठकले वडा सभापति वा वडासभापतिले तोकेको प्रतिनिधिलाई नयां सदस्यता फाराम प्रदान गरेको हो ।

वैठकमा १८ देखि ३० वर्षका युवाहरुलाई सदस्यता प्रदान गर्दा विशेष प्राथमिकता दिन वडा सभापतिहरुलाई सुझाइएको सभापति तामाङले बताएका छन् ।

बैठकमा प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ र प्रदेशसभा १(२) कोषाध्यक्ष हरि थापालाई सभापति तामाङले क्रियाशील सदस्यता फाराम प्रदान गरेका थिए भने उनीहरुले धरान नगर सभापति श्याम पोखरेल, रामधुनी नगर समितिका प्रतिनिधि दिनेश राई र बराहक्षेत्र नगरका प्रतिनिधि रामराज महतलाई सदस्यता फाराम प्रदान गरेका थिए ।

त्यसैगरी  धरान नगर सभापति श्याम पोखरेल, रामधुनी नगर समितिका प्रतिनिधि दिनेश राई र बराहक्षेत्र नगरका प्रतिनिधि रामराज महतले आ–आप्mना मातहतमा पर्ने वडाका सभापति वा सभापतिले तोकेका प्रतिनिधिहरुलाई सदस्यता प्रदान गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, कोशी प्रदेश सदस्यद्धय सन्तोष वि.क., गणेश परियार, जिल्ला सचिव माधव घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र धरान नगर सभापति श्याम पोखरेलले नयां क्रियाशील सदस्यता वितरण सम्बन्धमा विशेष विचार राखेका थिए । बैठकको सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए ।