धरान खेलकुद महोत्सवमा आज "मन्त्र ब्यान्ड" को प्रस्तुति रहने
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष ०२ गते ।
धराने मिडिया : धरान खेलकुद मञ्चको आयोजनामा १५ दिने धरान खेलकुद महोत्सव २०८२ को आज सातौँ दिन दार्जीलिङबाट उत्पत्ति भएको चर्चित ब्यान्ड "मन्त्र ब्यान्ड" को प्रस्तुति रहने भएको छ।
मन्त्र ब्यान्ड नेपाली सङ्गित पारखीहरुको लागि चर्चित र लोकप्रीय नाम हो । यस ब्यान्डले आफ्नो सङ्गित मार्फत नेपालसँगै विभिन्न देशमा भव्य कन्सर्ट सम्पन्न गरेर हजारौं दर्शकको मन जितिसकेको छ।
यो ब्यान्ड नेपाली सांगीतिक क्षेत्रमा पुरानो र एतिहासिक ब्याडमा पर्दछ । ब्यान्ड्ले बिगत २५ वर्षदेखि निरन्तर आफ्नो सङ्गित मार्फत नेपालीलाई सुमधुर संगीतको सुर,धुन र तालमा झुमाईरहेको छ।
‘बिर गोर्खाली गोर्खाली’, सधैँ सधैँ’ लगायत गितहरु यस ब्याण्डका चर्चित गीत रहेका छन्।
धरान खेलकुद मञ्चको आयोजनामा मङ्सिर २५ देखि पुस १० सम्म सञ्चालन भइरहेको यस महोत्सवमा विभिन्न खेलकुद प्रतियोगितासँगै सांगीतिक कार्यक्रमहरू पनि समेटिएका छन्।




















