धरानमा स्काउटको ‘बृहत् साहसिक क्रियाकलाप’ कार्यक्रमको उद्घाटन सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष ०२ गते ।
धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरान उपमहानगरपालिकाले सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारीमा ‘बृहत् साहसिक क्रियाकलाप’ सुरु भएको छ।
पुष १ गते धरानस्थित पानबारी सामुदायिक वन परिसरमा सञ्चालन भएको कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्र सिंह हाङमाङले उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा मन्त्री हाङमङले आयोजन टोलिलाई सफलताको शुभकामना दिएका थिए। उनले स्काउटले बालबलिकको क्षेमता वृद्धि गर्ने र यस्ता कार्यक्रमलाई अझै सक्रिय तरिकाले अगाडि लानुपर्ने सुझाव दिएका थिए।


त्यस्तै कार्यक्रमको विषेश अतिथि रहनु भएको धरान उपमहानगरपालिका वडा न ६ का अध्यक्ष भुपेन्द्र भट्टराईले शुभकामना प्रकट गर्दै आफ्नो बाल्यकाका स्काउटको अनुभव व्यक्त गरेका थिए। उनले हाल भइरहेको यस साहसिक क्रियाकलाप कार्यक्रमलाई स्थायी रुपमा संचालनमा ल्याउन सकिने पनि सुझाव दिएका थिए।
अन्त्यमा कार्यक्रमका अध्यक्ष तथा नेपाल स्काउट कोशी प्रदेश धरान उपमहानगरपालिकाका स्थानिय प्रमुख आयुक्त मधुसूदन घिमिरेले साथ सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।


कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेशका शैक्षिक पद्द्ती आयुक्त सुशिल राईले स्वागत मन्तव्य राखेका थिए भने स्काउटर नविना मङ्रान्तिले संचालन गरेका थिए।
कार्यक्रमलाई मन्त्री हाङमङ र वडा अध्यक्ष दुवैले नेपालको राष्ट्रिय झण्डा र नेपाल स्काउटको झण्डालाई झंडोत्तोलन गरेर उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रम पश्चात् मन्त्री हाङमङ, वडा अध्यक्ष लगायत अन्य अतिथिद्वारा ‘बृहत् साहसिक क्रियाकलाप’ को फिड निरिक्षण गरिएको थियो।


साहसिक क्रियाकलापतर्फ २० वटा फरक–फरक क्रियाकलापहरू राखिएका छन् ः
- सुपर म्यान जम्प
- ओमेगा जम्प
- बेम्बो वाक
- बेम्बो ब्यालेन्स
- ल्याडर क्लाइम्बिङ
- ल्याडर क्रसिङ
- नेट क्लाइम्बिङ
- स्विङ ब्रिज
- टायर क्रसिङ
- टायर ब्रिज
- बोटिङ
- प्लाङ्क वाल
- कमाण्डो ब्रिज
- मङ्की ब्रिज
- आर्चरी




























