नेकपा एमालेकाे अध्यक्षमा ओली विजयी

समाचारदाता : गोपाल पौडेल

२०८२, पौष ०३ गते ।

धराने मिडिया : नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी हुनुभएको छ। एमालेको ११ औं महाधिवेशनबाट ओली अध्यक्षको रुपमा चुनिएका हुन् ।

यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै, एमालेको महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल विजयी हुनुभएको छ।

त्यस्तै, उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् ।