लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष ०५ गते ।
धराने मिडिया : लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पुस ४ गते अग्रवाललाई पक्राउ गरेको हो।
भ्रामक सूचना दिएर हाइड्रोपावरको सेयर मूल्य बढाएर लाभ लिएको तथा कृत्रिम रूपमा बढाएको आरोपमा पक्राउ गरिएको हाे । काठमाडौं महानगरपालिका–४, चुनदेवीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अग्रवाल यसअघि साउन ५ गते पनि पक्राउ परेर छुटेका थिए।




















