खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या

समाचारदाता : गोपाल पौडेल

२०८२, पौष ०५ गते ।

धराने मिडिया :  उदयपुरमा धारिलो हतियार (खुकुरी) प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् ।

त्रियुगा नगरपालिका–१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजलाई शनिबार बिहान २ बजे धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा आफ्नै दाजुले धारिलो हतियारले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।