मेयर बालेन साहले मेयरबाट राजीनामा दिए
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०४ गते ।
धराने मिडिया : मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् । उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् ।
राजीनमा दिएसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नबाट चुनाव लड्नेछन् । रास्वपाले उनलाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।
उनले आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बालेनले झापा ५ बाट चुनाव लड्ने तयारी गरेका छन्। यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री चुनाव निर्वाचित हुँदै आएका छन्।
निर्वाचन आयोगले आगामी माघ ६ गतेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।
वि.सं. २०७९ जेठ १२ गते बालेन काठमाडौँको नगरप्रमुखको कार्यालयमा निर्वाचित भए भने उपप्रमुखमा सुनिता डङ्गोल निर्वाचित भएकी थिइन्।





















