धरानको भानुचौकमा २८६२औँ सोनाम ल्होसार
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०५ गते ।
धराने मिडिया : नेपाल तामाङ धेदुङ धरान उपमहानगरपालिकाले २८६२औँ सोनाम ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएको छ । सोमबार देशैभर तामाङ समुदायले मनाईरहँदा धरानमा भने भानुचौकमा एक कार्यक्रमको आयोजना गरी सो विशेष उत्सव मनाएको हो ।
समारोह अघि तामाङ पहिरन सहितको झाँकी र्याली भानुचोक देखि छाता चोक हुँदै पुरानो बजार, माछाभौडी परिक्रमा गरिएको थियो ।
सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ ।

सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक रूपमा मनाइने नयाँ वर्ष ग्याल्पो लोसार हो ।
तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै: मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।
धरानका कार्यवहाक प्रमुख अईन्द्र बिक्र बेघाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तामाङ समुदयाका कलाकारहरुले ताम्बा साङ सेर्केम व्हाइ प्रस्तुत गरेर सुरु गरेका थिए ।





















