रिङ्छिङ तामाङ र दिइसुब श्रेष्ठलाई प्रथम जुनियर मिस एण्ड मास्टरको उपाधि

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ ११ गते ।

धराने मिडिया : ग्रेस इभेन्ट्सद्वारा आयोजित प्रथम जुनियर मास्टर एण्ड मिस ग्रेस धरानको उपाधि प्रतियोगी नम्बर ६ दिइसुब श्रेष्ठ र प्रतियोगी नम्बर २६ रिङ्छिङ तामाङ्ले हात पारेका छन।

माघ १० गते शनिबार धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा आयोजना भएको ग्राण्ड फिना कार्यक्रम उनिहरु विजय घोषित भएका हुन।

विजय भएका दिइसुब श्रेष्ठ र रिङ्छिङ तामाङ्ले नगद रु २५ हजार, प्रमाणपत्र, ट्रफि र अन्य विभिन्न उपहार प्राप्त गरिएको थिए।

प्रतियोगितामा मास्टर तर्फ प्रतियोगी नम्बर ७ स्वार्निम पोख्रेल र मिस तर्फ प्रतियोगी नम्बर २० इमा गुरुङले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। उनिहरुले नगद रु १५ हजार सहित प्रमाणपत्र, ट्रफि र अन्य विभिन्न उपहार प्राप्त गरेका थिए।

त्यस्तै प्रतियोगिताको तेस्रो स्थानमा प्रतियोगी नम्बर ३ रेमिट राई मास्टर तर्फ र प्रतियोगी नम्बर २४ जस्मिन राई मिस तर्फ हुन सफल भएका थिए। उनिहरुले नगद रु १० हजार सहित प्रमाणपत्र, ट्रफि र अन्य विभिन्न उपहार प्राप्त गरेका थिए। मिस तर्फ चौथोँ स्थानमा प्रतियोगी नम्बर १६ सलिन राई हुन सफल भएकी थिइन। उनले नगद रु ५ हजार सहित प्रमाणपत्र, ट्रफि र अन्य विभिन्न उपहार प्राप्त गरेका थिए।

प्रतियोगिताको फिनालेमा उत्कृष्ट २०, उत्कृष्ट १२, उत्कृष्ट ७ हुदैँ विजेताहरु छ्नोट गरिएको थियो।

Grace master and miss 2082 (3)Grace master and miss 2082

मास्टर तर्फ उत्कृष्ट ७ सम्म पुग्न सफल प्रतिस्पर्धीहरु ः

प्रतियोगी नम्ब १ - नाबो लिम्बू

प्रतियोगी नम्ब २ - सम्राट लिम्बू

प्रतियोगी नम्ब ३ - रेमिट राई

प्रतियोगी नम्ब ४ - अर्पित राज शाह

प्रतियोगी नम्ब ५ - अफन खान

प्रतियोगी नम्ब ६ - दिइसुब श्रेष्ठ 

प्रतियोगी नम्ब ७ - स्वार्निम पोख्रेल

मिस तर्फ उत्कृष्ट ७ सम्म पुग्न सफल प्रतिस्पर्धीहरु ः

प्रतियोगी नम्ब १२ - थाङसामा लिम्बू

प्रतियोगी नम्ब १६ - सलिन राई

प्रतियोगी नम्ब १७ - साङ्बो राणा

प्रतियोगी नम्ब २० - इमा गुरुङ 

प्रतियोगी नम्ब २४ - जस्मिन राई

प्रतियोगी नम्ब २६ - रिङ्छिङ तामाङ

प्रतियोगी नम्ब ३१ - सुहाना लिम्बु

ग्राण्ड फिनाले कार्यक्रममा मिसेस पूर्वाञ्चल ग्रेस २०२५ का विजेता अन्जु खड्की, कार्यक्रम निर्माता तथा एभरेस्ट इभेट्सका सि.इ.ओ रो बेन, मिस तामाङ २०२५ का मिस मोस्ट ट्यालेट र मिस मल्टिमिडिया विजेता सुस्मिता पाख्रीन तामाङ, फ्यासन कोरियोग्राफर तथा मिस सगरमाथा २०१७ का विजेता अर्शु महर्जन र मिस ग्रेस पुर्वचल २०२५ का उपविजेता निविशा श्रेष्ठ निर्णायकमा रहेका थिए।

Grace master and miss 2082 (5)

प्रतियोगितामा :

कोरियोग्राफर - उमेश खड्का

प्रशिक्षण संयोजक - प्रतिमा राई र आर्यन रसाइली

आधिकारिक फोटोग्राफ भिडियोग्राफर - बिन्द्र प्रजापति 

सल्लाहकार - ग्यानु चाम्लिङ राई

महासचिव - पवन कोइराला

घटना संयोजक - पंचु राई

घटना निर्देशक - राम मोक्तान

सि ई ओ - सुरज थापा लगायतको भुमिका रहेको थियो।

Grace master and miss 2082 (4)

कार्यक्रममा उद्घोषक मिस धरान एस ई ई २०१८ का विजेता नविना मङ्रान्तिले गरेका थिए। उनिले सुरुवातमा कार्यक्रमको बारे सम्पुर्ण उपस्थितिलाई परिचय पनि दिएका थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय गायक जितेस सिंहको मनोरञ्जन गायन प्रस्तुत रहेको थियो।

Grace master and miss 2082 (2)