सिटी मोन्टेसरी चिल्ड्रेन्स हाउसको १३औँ वार्षिकोत्सव सम्पन्न 

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख ४ गते।

धराने मिडिया : सुनसरीको धरान–१६ स्थित सिटी मोन्टेसरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टर द्वारा आयोजित १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम  चैत्र २०८२ याक्खा भवनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

“From gentle beginnings to confident steps…” भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए।

कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए। दीक्षान्त समारोहअन्तर्गत उत्तीर्ण विद्यार्थीहरूलाई पदक प्रदान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने, १०० प्रतिशत हाजिरी कायम गर्ने तथा सफा–सुन्दर विद्यार्थीहरूलाई समेत पुरस्कार र सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

WhatsApp Image 2026-04-17 at 6.47.41 AM (1)

समारोहमा प्रमुख अतिथिका रूपमा शिक्षा विभाग प्रमुख धुर्वराज खड्का सहभागी भएका थिए। कार्यक्रमको सभापतित्व बोर्ड अफ डाइरेक्टर ज्ञानदीप लिम्बु ले गरेका थिए।

त्यस्तै, विशेष अतिथिका रूपमा सुनाखरी एकेडेमी प्लस टु का प्रिन्सिपल मिलन राई तथा बुद्ध आदर्श बोर्डिङ स्कुल का प्रिन्सिपल दिलीप योगी को उपस्थिति रहेको थियो। साथै, आयोजक संस्थाकी निर्देशक ओमु राई तथा विद्यालय परिवारका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो।

बालबालिकाको समग्र विकास, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनात्मक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले अभिभावक तथा समुदायलाई सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ।